
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ ।
सन् २०२४ को प्राथमिकताबारे न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बिहीबारआयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभएको हो ।
एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउदै उहाँले विभिन्न चुनौती साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकिकरणको बन्धन भएको बताउनुभएको छ ।
युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकतावद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उहाँको धारणा थियो ।
डरलाग्दा चुनौतिकाबीच जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घ भित्र तथा बाहिर गहन आवश्यकता रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा