विराटनगर । कोशी प्रदेशमा एउटै शौचालय बनाउन ५ करोड रुपैयाँ विनियोजन गरिएको खुलासा भएको छ । गठबन्धन प्रदेश सरकारले इलामको श्रीअन्तुमा एउटा शौचालय निर्माणका लागि आर्थिक वर्ष २०८०–८१ मा ५ करोड रुपैयाँ बजेट छुट्याएको हो ।
एउटै शौचालय बनाउन ५ करोड रुपैयाँ छुट्यायएको भनेर आलोचना भएपछि प्रदेश सरकारले त्यो बजेट कटौती गर्ने भएको छ । प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले शौचालयको त्यो बजेट कटौती गर्ने तयारी भएको जानकारी दिनुभएको छ । आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताउनुभयो ।
मन्त्री उप्रेतीका अनुसार शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र त्यसमा प्रयोग गरेर अरु रकम रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते