
‘न्याउला चडिय हिउँचुली लागेका घाम झल्ल धेकियाको, न्याउला चडिय साईका भाग मैले पर्नु कर्म लेखियाको’
‘न्याउला चडिय...
नेपाली साङ्गीतिक क्षेत्रमा सानै उमेरमा जमेकी गायिका इब्सल सन्ज्यालको यो गीत सुदूरपश्चिम र कर्णाली क्षेत्रमा चर्चामा छ । गायनमा मात्रै नभई अभिनयमा पनि त्यत्तिकै दख्खल राख्ने उहाँ पछिल्लो समय प्रत्यक्ष दोहोरी गीत गाएर चर्चामा हुनुहुन्छ । उहाँको ‘फ्यान फलोइङ’ पनि निकै राम्रो भइसकेको छ ।
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने उहाँले सुदूरपश्चिमको ठाडी भाका ‘पापी बुढीगङ्गा’ बाट कला क्षेत्रमा डेब्यु गर्नुभएको थियो । ‘गायन भन्दा अभिनयमा मेरो रुचि थियो एकपटक गाएर हेरौँ भन्ने लाग्यो’ सन्ज्यालले भन्नुभयो–‘गायनमा लागेपछि राम्रो प्रतिक्रिया आयो स्रोता, दर्शकले रुचाउनुभयो ।’ उहाँको जन्म २०६१ सालमा बाजुरा जिल्लामा भए पनि त्यसपछिको बाल्यकाल कालिकोटको पचालझरना गाउँपालिकामा बित्यो ।
उहाँका लागि सामाजिक सञ्जाल टिकटक आफ्नो प्रतिभा देखाउने माध्यम बन्यो । जसले गर्दा सानै उमेरमा चर्चामा आउनुभयो । यहाँको सांस्कृतिक पहिचानसहित देउडा गाएको भिडियो सामाजिक सञ्जाल टिकटकमा राख्न थालेपछि उहाँ चर्चामा आएको उहाँ बताउनुहुन्छ । ‘शुरुवातमा मैले झल्को लाली ओठको, बाटो खुल्यो मोटर खुल्यो जुम्ला कालिकोटको गीत गाएँ ।’ उहाँले भन्नुभयो, “त्यो गीतले मलाई चर्चामा ल्यायो ।’ त्यसपछि गायनमा र अभिनयमा माग हुन थालेको उहाँले बताउनुभयो ।
पछिल्लो समय देउडा र लोक दोहोरी गीतसँगसँगै अभिनयमा समेत लागेको उहाँको भनाई छ । उहाँ प्रत्यक्ष दोहोरी कार्यक्रममा युवापुस्तामाझ निकै लोकप्रिय बन्नुभएको छ । उहाँले नेपालका ख्यातिप्राप्त लोक दोहोरी गायकसँग दोहोरी गाइसक्नुभएको छ ।
देउडा र लोक दोहोरी दुवैलाई सँगै अघि लैजान चाहेको सन्ज्यालले बताउनुभयो । ‘मैले प्रत्यक्ष दोहोरी दुई सय बढी गाइसकेको छु’ उहाँले भन्नुभयो–अहिलेसम्म १५ जति गीत रेकर्डिङ भइसकेका छन् ।’ उहाँले देउडा गीतमार्फत आफ्नो ठाउँको कला, संस्कृति चिनाउने गरी कला क्षेत्रमा लागेको बताउनुभयो । पछिल्लो समय उहाँका ऐसेलु, न्याउला चडिय, सुइना, मुटुको टुक्रा, मालु पात र झुपडीलगायतका गीतमा स्वर तथा अभिनय गर्नुभएको छ । ‘सुदूरपश्चिमका दर्जन बढी देउडा गीतमा अभिनय गरिसकेकी छु, प्रत्यक्ष दोहोरीमा दुई सय बढी गीत गाएको छु’ सन्ज्यालले भन्नुभयो ।
आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवाआमाको प्रेरणाले नै यो साङ्गीतिक क्षेत्रमा अघि बढिरहेको उहाँको भनाई छ । पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रम र मेला महोत्सवमा समेत माग हुन थालेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै