+

पर्यटन प्रवर्द्धनका लागि शैलुङमा ‘कविता यात्रा’

दोलखा ।  साहित्यिक पत्रकार सङ्घको आयोजनामा दोलखाको शैलुङमा ‘कविता यात्रा’ आयोजना हुनेभएको छ । दोलखाको सैलुुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा हुने वरिष्ठ साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो । 

यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु३दिनका लागि दोलखा आउनु हुनेछ । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा  पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते शैलुङको सय थुम्काको अवलोकन  भ्रमण गरी शैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नुहुनेछ । 

सैलुुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुुङ गाउँपालिका–८ शैलुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ । तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा शैलुङको प्रचारप्रसारमा कलम चलाउनेछन् । यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गर्नुभएको हो । 

कार्यक्रमले दोलखाको शैलुङ लगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ । कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै