
काठमाडौँ । माल्दिभ्सले सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ । मुइझुुले सोमबार बिहान जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताउनुभएको हो ।
राष्ट्रपति मुइझुुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भीआईए) को विस्तारले बर्षको मध्यसम्ममा औसतमा १०।३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताउनुभयो । मालदिभ्स सरकारले यस वर्ष २० नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने बताउनुभयो ।
विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइझुले बताउनुभयो । माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन् ।
माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा १ लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा