
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ ।
त्यसैगरी, दुवै व्यावसायिक कम्पनीलाई पनि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेकोे जनाइएको छ ।
सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । एमआरपीबिना सामग्री बेच्नेलाई कारबाही गर्न शुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन