+

सङ्खुवासभामा चट्याङ लागेर ४ जना घाइते

सङ्खुवासभा । खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका४ जना घाइते भएका छन् । 


सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका ४ जना घाइते भएका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । 

उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट