
काठमाडौँ । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकार लगायत १६ सदस्यीय टोली राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।
म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीको सूची माग गरेकामा प्राप्त सूचीअनुसार खाद्यान्न, औषधि लगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको महाशाखा प्रमुख अधिकारीले बताउनुभयो ।
यसअघि नेपाली सेनाको चिकित्सक टोली त्यहाँ गइसकेको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो । म्यान्मारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधि, मेडिकल टोली रहेको र आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको हो ।
यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यान्मारमा गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन