
लुम्बिनी । महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँचीको पाणिनिमा आयोजित दुईदिने पाणिनि तपोभूमि सम्मेलनले सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न सम्मेलनले पाणिनि व्याकरण र संस्कृत भाषा प्रवद्र्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न सरकारलाई अनुरोध गर्ने जनाएको छ ।
साथै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्तासँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि संस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।
पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सिर्जनाको स्थल भएकाले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्नसक्ने गरी अनुसन्धान र सिर्जनाको लागि पूर्वाधारको व्यवस्था गरिने छ ।
पाणिनि तपोभूमि वरपर दुर्वासा मुनिको आश्रम, महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र, कालीगण्डकी नदीको सङ्गमजस्ता धार्मिक क्षेत्र रहेका छन् । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल पहाड ऐतिहासिक सुपादेउराली मन्दिर र दक्षिणी भागमा रामले वाणले हानेर पहरो फोरेर पानी निकालेको वाणगङ्गा नदीजस्ता ऐतिहासिक तथा धार्मिकस्थल रहेको उल्लेख घोषणापत्रमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक सांस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।
पाणिनीय व्याकरणसम्बन्धी प्रारम्भिक ज्ञान प्रदान गर्न अर्घाखाँचीका साथै छिमेकी जिल्लासँगको समन्वयमा पाठ्यपुस्तक तयार गरिने तथा पाणिनि क्षेत्रको समग्र विकासका लागि यथाशीघ्र गुरुयोजना तयार गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन