+

सुनको भाउ बढेको बढ्यै

काठमाडौँ । सुनको भाउ बढेको बढ्यै छ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापन लगायत कारण नेपालमा पनि भाउ बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार १ सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला २ हजार ३५ रुपैयाँमा किनबेच भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट