+

संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस  गरेको हो ।


मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हो । बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष  सिफारिस  गर्ने  गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । 

विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै