
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईं हावादारी भएको बताउनुभएको छ ।
माओवादी अध्यक्ष दाहालले आइतबार नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षणमा विवादित मेडिकल व्यवसायी प्रसाईंलाई ‘हावा मान्छे’ भनेर टिप्पणी गर्नुभएको हो । ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे’ प्रशिक्षणमा उहाँले भन्नुभयो– तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो ।’
माओवादी अध्यक्ष दाहालले प्रसाईंले आफूहरुको आन्दोलनलाई नेवारी समुदायले साथ नदिएको आरोप समेत लगाउने गरेको उल्लेख गर्नुभयो । ‘उनले आफूहरुको आन्दोलनलाई नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन्’ उहाँले भन्नुभयो – ‘यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ किन कि त्यसो भनेको पनि ठिकै हो । नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई, निरंकुशताको पक्षपातीलाई ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार