+

फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज पनि बढेको छ ।  सुनको भाउ सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापन लगायत कारण नेपालमा पनि भाउ बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

शुक्रबार हालसम्मकै उच्च मूल्य रहेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको हो ।

महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज  एक लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेर  २ हजार ३५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट