
काठमाडौँ । समाजवादी मोर्चाको प्रदर्शनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सहभागी नहुने भएको छ । मोर्चाले शुक्रबार काठमाडौँमा बेथिति एवम् भ्रष्टाचारविरूद्ध खरदारी गर्दै गणतन्त्रका पक्ष प्रदर्शन गरेको छ । तर त्यो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफ्नो सहभागिता नरहने बताउनुभएको छ ।
प्रदर्शनमा समाजवादी मोर्चामा सम्मेलित विभिन ४ पार्टीका अध्यक्षहरुले मात्रै सम्बोधन गर्ने कार्यसूची बनाइएको छ । पूर्वप्रधानमन्त्री खनालले आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नभएको प्रतिक्रिया जनाउनुभएको छ । ‘सभामा चार पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेछ’ उहाँले भन्नुभयो – कार्यक्रममा दर्शक मात्रै बन्न म जाँदिन।’
पूर्वप्रधानमन्त्री खनालले प्रदर्शनमा सहभागी नभए पनि कार्यक्रमप्रति भने आफ्नो समर्थन रहेको बताउनुभयो । ‘प्रतिगनमन र यथास्थितिवादीविरूद्ध भएको प्रदर्शनमा मेरो समर्थन छ’ उहाँले भन्नुभयो तर म जुलुस र सभामा उपस्थित हुन सक्दिनँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’