
धनुषा । बिहीबारदेखि शुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
मैथिली विकास कोषद्वारा बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी ५ भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नुहुनेछ । विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झ लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ ।
कोषले २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । मैथिली विकास कोष, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय आयोजक र जनकपुरधाम उपमहानगरपालिका सहआयोजक रहेको महोत्सवको लागत करिब ५२ लाख रुपैयाँ अनुमान गरिएको जनाइएको छ । महोत्सवमा नेपाल र भारतका करिब ३ सय वक्ता र कलाकर्मी लगायतको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी