+

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा आज घटेको छ । 


सुनको मूल्य आइतबार प्रतितोला ९ सय रुपैयाँले  घटेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।  महासंंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज  एक लाख ७४ हजार १ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट