+

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा आज घटेको छ । 


सुन तोलामा १ हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज  एक लाख ७५ हजार रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस २ हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट