
काठमाडौँ । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।
राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आउनुभएको छ । उहाँले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताउँदै आउनुभएको छ ।
इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उहाँहरुमाथि थियो । उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा