
बाँके । बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्यू सिटी खुल्ला मैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैटौ दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् । महत्सवको छैटौ दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक रामजी खाण तथा हास्य कलाकार भुवनेश्वर अधिकारी, गायिका तथा चर्चित उद्घोषिका शोभा त्रिपाठि लगाएका कलाकारहरुले बेजेड प्रस्तुती दिनुभएको थियो ।
हजारौँ दर्शकहरुको उपस्थितीमा कलाकारको दमदार प्रस्तुतीले महोत्सवको माहोर निकै तातेको थियो । माघ १० गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ । महत्सोव माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा तीन लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सवमा स्थानीय संस्कृतिको झल्को दिने थारू संस्कृती लगायत पर्याप्त मनोरञ्जनका स्टलहरू राखिएको छ । महोत्सवले स्थानीय पर्यटन र सस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सव संयोजक सुमन विश्वकर्माले जानकारी दिनु भएको छ ।
भोली माघ १६ गते चर्चित गायिका रचना रिमाल, थारु गायक श्री निवास थारु, गायक एम.टी. महर, गायक कमल बिसी लगाएतकाको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै