
काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा संगै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गर्नुभएको छ ।
आइडलको आइतबार साँझको एपिसोडमा गायीका पौडेललाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त स्मार्ट भिजन चस्मा प्रदान गर्नुभएको थियो । इन्डियन आइडलको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गर्नुभएको थियो ।
गायिका लता मंगेशकरको गीतमा प्रस्तुती दिएपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिएका थिए ।
चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको छ ।
चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले केहि सामान्य काम पनि गर्न सक्नुहुने बताइएको छ ।
नेपाली चेली मेनुका इन्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र छनौट हुनुभएको छ । उहाँलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा