
बाँके । प्रथम बैजनाथ महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिले कोहलपुरको न्युसिटी खुल्ला मैदान दिनहुँ झन भन्दा झन रोमाञ्चक बनिरहेको छ । महोत्सवमा आइतबार चर्चित कलाकार सिमरन परियारको बेजोड प्रस्तुतिले महोत्सवको माहोल निकै गर्मरायो ।
दर्शकहरुले उल्लेख्य उपस्थितीमा उत्साहका साथ महोत्सवको मनोरञ्जन लिएका छन् । पछिल्लो समयमा निकै चर्चा पाएकी गायिका परियारले प्रथम बैजनाथ महोत्सवमा आफ्ना चर्चित गीत बाट दर्शकलाई मनोरञ्जन दिनु भएको छ । माघ १० गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ ।
महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, सहित रमाइलो मेला सहितका पर्याप्त मनोरञ्जनका स्टलहरू रहेका छन् । त्यस्तै महोत्सवले स्थानीय पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सवका संयोजक सुमन विश्वकर्माले विश्वास बताउनुभयो । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा