
पोखरा । नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उहाँसहित १३ कलाकारले अभिनय गर्नुुभएको थियो । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल हुनुहुन्थ्यो ।
यसमा यसअघि मञ्चन भएका नाटकभन्दा केही फरक अनुुभूति मिलेको दर्शकका साथै अभिनय गरेका कलाकार समेतले प्रतिक्रिया दिएका छन् । सबै जनाको मिहिनेतका कारण नाटक मञ्चन सफल भएको पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
अमेरिकन नाटककार रेग्नाल्ड रोजद्वारा लिखित नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गर्नुुभएको थियो । नाटकका लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको र यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको उहाँले बताउनुुभयो ।
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरूको विचारमा देखिने विविधता र सङ्घर्ष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउँदै निष्कर्षमा पुग्न कलाकारले गरेको अभिनयात्मक बहस प्रशंसायोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई आकर्षित गराएको थियो ।
सन् २०५४ मा टेली प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको नाट्य चलचित्र निर्माण भएका छन् । यस नाटकले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समाजको चित्रण गरेको छ ।
लगातार विद्यार्थी केन्द्रित नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको नाटक प्रस्तुत गर्न गरिएको प्रयास सफल भएको निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुुभयो । यो नाटकबाट अभिनयको क्षेत्रमा समेत पुनः फर्कनुुभएका परिवर्तनले नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा