
सर्लाही । स्थानीय मातृभाषा बज्जिकाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्लाहीमा पहिलो बज्जिका महोत्सव हुने भएको छ ।
मलङ्गवा नगरपालिका स्थापना दिवसका अवसरमा फागुन १७ गते पहिलो बज्जिका भाषा महोत्सव आयोजना गर्न तयारी थालिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । यस क्षेत्रमा मातृभाषाका रूपमा बहुसङ्ख्यकले बज्जिका भाषा बोल्ने गर्दछन् ।
मधेश प्रदेशमा तेस्रो बढी बोल्ने मातृभाषाका रूपमा रहेको यस भाषाको संरक्षणका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बज्जिका साहित्य समाजका सचिव मुकेश मिश्रले बताउनुभयो । बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहाले नगरपालिकाको आयोजना तथा साहित्य समाजको संयोजनमा आयोजना हुने महोत्सव यस भाषाको जगेर्नामा ऐतिहासिक हुने बताउनुभयो ।
महोत्सव आयोजनाका लागि कार्यदल र सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यदलको संयोजकमा समाजका अध्यक्ष रामचन्द्र कुशवाहा र सल्लाहकार समितिको संयोजकमा नगरप्रमुख यादव रहनुभएको साहित्य समाजका सचिव मिश्रले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन