+

औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र.) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभएको छ । 


अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी केन्द्र०को केन्द्रीय समितिको आज यहाँ आयोजित तेस्रो पूर्ण बैठकमा उहाँले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताउनुभयो ।
 
“कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।” त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उहाँले बताउनुभयोे ।
 
 चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको  तर वर्तमान सरकारले सो बजेटलाई तोडमोड गरेको आरोप लगाउनुभयो  ।

 बैठकमा महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासङ्घको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै