
काठमाडौँ । शान्ति र अहिंसाको संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्व अन्तरधार्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ आज समापन हुँदैछ ।
सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका रुपमा मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घले जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोही वर्ष गर्नुभएको प्रस्ताव राष्ट्रसङ्घीय महासभाले पारित गरेसँगै विभिन्न मुलुकका सरकार, संस्था र नागरिक समाजले यो सप्ताह मनाउँदै आएका छन् ।
मानवबीच पारस्परिक समझदारी, सद्भाव र सहयोग बढाउन तथा सबैलाई स्वैच्छिक रूपमा र आफ्नो धार्मिक परम्परा वा विश्वासअनुसार मन्दिर, मस्जिद, गिर्जाघरलगायत अन्य पूजास्थलहरूमा आफ्नो आस्था प्रकट गर्न तथा अन्तरधार्मिक सद्भाव र सद्भावनाको सन्देश फैलाउन प्रोत्साहन गर्नु यो सप्ताहको उद्देश्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन