+

राजस्व अनुसन्धान पथलैयाद्वारा मुद्दा दायर

वीरगञ्ज  । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित ८ वटा मुद्दा दायर गरेको छ । 


कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदावी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिनुभयो । 

‘कार्यालयले चालु आवको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावद्ध मुद्दा मागदावी रकमसहित  ८ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’ उहाँले भन्नुभयो– ‘गत आवको त्यही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’

कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख रुपैयाँ सङ्कलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख रुपैया धरौटी दाखिला गरेको थियो । 

कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६  महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार रुपैयाँ सङ्कलन गरेको छ । गत आवको त्यही अवधिमा भने ३५ लाख रुपैयाँ सङ्कलन गरेको थियो । 

कार्यालयले चालु आवमा विदेशी बिनियम मुद्दा संख्या ६  रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या ६ नै रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै