+

गृहमन्त्रीविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ । दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।


अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मीहरुले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।  

राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको उनिहरुको आरोप छ । आन्दोलनकारीले कांग्रेस शिर्ष नेतासँग गृहमन्त्री स्वयंले दलितमाथि गरेको विभेदबारे धारणा माग गर्ने बताएका छन् । 

यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले पनि आपत्ति जनाएको छ । मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै