पोखरा । कास्कीस्थित सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ ।
कम उमेरमा नै गीतसङ्गीतको क्षेत्रमा सफलता पाउनुभएका उहाँलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौँको महर्षी स्कुलमा कक्षा छ मा अध्ययनरत ठकुरीलाई माघ २७ गते पोखरामा एक समारोहका बीच पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । आफ्नो प्रतिभामार्फत देशको इज्जत र प्रतिष्ठा कायम गर्न सफल बालप्रतिभालाई केन्द्रले पुरस्कृत गर्दै आएको उहाँको भनाई छ ।
पुरस्कृत हुन लाग्नुभएका बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म एक सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन् । उहाँ ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप हुनुभएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बाह्र वर्षीय ठकुरी यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समितिका संयोजक सरस्वती प्रतिक्षाले बताउनुभयो ।
यसअघि पुरस्कारबाट २०५७ सालमा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, २०५८ सालमा नृत्यमा ज्योति थापा, २०६० सालमा गायनतर्फ ऋतु लामा, २०६१ सालमा कला क्षेत्रकी शिखा कटुवाल, २०६२ साल मा कला क्षेत्रका करुणा गुरुङ, २०६४ सालमा खेलकुदतर्फ सिपोरा गुरुङ, २०६५ सालमा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र २०६९ सालमा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई प्रदान गरिएको थियो ।
२०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’का नाममा वितरण गर्न लागिएको केन्द्रले जनाएको छ । साहित्यकार एवं सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी केन्द्रमा पुरस्कार स्थापना गर्नुभएको हो ।
पुरस्कार कोष सञ्चालन, प्रतिभा पहिचान, पुरस्कार वितरणलगायतका काम केन्द्रमार्फत सञ्चालन हुँदै आएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले यसअघि रहेको ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’लाई गत वर्ष ‘सरुभक्त केन्द्र’का रुपमा नाम परिमार्जनसहित विधिवत् दर्ता गरी संस्था घोषणा गरिएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते