+

हाम्रो मोर्चा सरकारविरुद्ध होइन : मधेशकेन्द्रित ८ दल

काठमाडौँ । तराई मधेशकेन्द्रित ८ राजनीतिक दलले आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सरकारविरुद्ध लागिरहेको बेला मधेशकेन्द्रित ८ दलले त्यसबारे प्रष्ट्याएका हुन् । 


आठ दलीय कार्यदलको सोमबारको बैठकपछि नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले आफूहरुको मोर्चाबारे  प्रष्ट्याउनु भएको हो । ‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन्’ बैठकपछि उहाँले भन्नुभयो– ‘तर हाम्रो यो मोर्चा त्यस्तो होइन ।’

तराई मधेशकेन्द्रित समान मुद्दा भएका दलले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने ? भनेर कार्यदल बनाइएको चौधरीले बताउनुभयो । ‘समान मुद्दा भएका राजनीतिक दलको ९ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ’  उहाँले भन्नुभयो – ‘यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भन्नेबारे कार्यदलमा छलफल भएकोछ ।  विगतमा भएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण  अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा त्यसबारे आजको बैठकमा छलफल भएको छ ।’

बैठकले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउने लगायतका विषयमा छलफल भएको चौधरीले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै