+

रवि लामिछानेविरुद्धको मुद्दा चितवनमा भोलि दर्ता हुने

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्धको   मुद्दा चितवन जिल्ला अदालतमा भोलि मात्र दर्ता हुने भएको छ ।

लामिछानेसहित १४ जनाविरुद्धको  साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्धको अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो । तर, वकिलहरूको कार्यव्यस्तताले मुद्दा भोलिमात्रै दर्ता हुने भएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र अन्य ६ संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो । जिल्ला अदालत र सरकारी वकिल कार्यालयका वकिलहरू सोमबार सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँलसहितको उपस्थितिमा चितवनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । त्यही कारण आज दर्ता गर्ने भनिएको त्यो मुद्दा भोलिलाई सारिएको हो। 

सरकारी वकिल कार्यालयले प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारमा  लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पूर्वगृहमन्त्री लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर  छुटेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै