
ताप्तेजुङ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ।
माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएको आन्दोलनरत समूहले आज अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् ।
पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प छन् भने झापाको विर्तामोड र सुनसरीको इटहरी लगायतका ठूला बजारमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर बन्द गराइरहेका छन् । बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट आज बिहानै तीन जनालाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विश्वकप एशिया छनोटः नेपालसँग हङ्कङ पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ
- आज देशभर मौसम सफा रहने
- काठमाडौँमा भूकम्पको धक्का महशुस
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश