+

राष्ट्रियसभामै ढले कांग्रेस सांसद भट्ट

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट राष्ट्रियसभामै ढल्नु  भएको छ । सांसद भट्ट आइतबार राष्ट्रियसभा बैठक सञ्चलान भइरहेका बेला अचानक पल्टनुभएको हो । 

सांसद भट्ट आसनग्रहण गरिरहेको  अवस्थामा एक्कासी ढलेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई तत्कालै समात्नुभएको थियो । सांसद भट्टलाई त्यसपछि उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको छ । सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मी भीमराज सिंहले  जानकारी दिनुभएको छ  ।

स्वास्थ्यकर्मी  सिंहका अनुसार सांसद भट्टलाई रक्तचाप र मधुमेहको समस्या देखिएको छ । उहाँले अहिले चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै