
म्याग्दी। सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।जिसस प्रमुख थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
थापा कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर पौडेलले बताउनुभएको छ । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो।
थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित थापा अहिलेसम्म पक्राउ हुनबाट जोखिदै आएका थिए । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विश्वकप एशिया छनोटः नेपालसँग हङ्कङ पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ
- आज देशभर मौसम सफा रहने
- काठमाडौँमा भूकम्पको धक्का महशुस
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश