+

गुठी पीडितद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँँ । गुठी पीडितहरुको आन्दोलन शुरु भएको छ । दाङ देउखुरीबाट  काठमाडौँ आएर गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका स्वर्गद्वारी गुठी पीडितहरुले माइतीघरमा  प्रदर्शन गरेका छन् । 


स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिमा आवद्धहरुले गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । गुठी पीडित ले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया शुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिन  भएको सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै