
बागमती । शहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो ।
हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा सम्झौता भई निर्माण सुरू भएको प्रदेशसभा हलको काम यही पुस महिनामा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताउनुभयो । “भवन निर्माण तथा रङरोगनको काम सकिएको छ”, प्रमुख अधिकारीले भन्नुभयो, “प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचरह खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ ।” हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको र अब फर्निचरलगायत समान हाल्न मात्र बाँकी छ, उहाँले भन्नुभयो ।
भ्याटसहित कूल तीन करोड ५३ लाख ६१ हजार पाँच सय ८३ रुपैयाँको लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो । प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभा हलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७र७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८१र८१ मा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ ।
भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकाले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताउनुभयो । उहाँका अनुसार संरक्षणरसेभ जेभी भरतपुरले भ्याटसहित पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ रुपैयाँको लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्र रूपमा भइरहेको छ । शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोईरनवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडौ सकिने गरी तीव्र रूपमा काम भइ रहेको जनाएको छ ।
भ्याटसहित कूल २६ करोड ६४ लाख २५ हजार दुई सय ८० रुपैयाँको लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधी भए यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इञ्जिनियर अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो ।
कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ । दुवै कार्यालय भवनको गत २०८० चैत महिनामा सम्झौता भएको थियो । सम्झौता भए लगतैबाट निर्माण सुरू भएको ती कार्यालयको करिब ७० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख ई अधिकारीले बताउनुभयो ।
चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियाली को काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम तीव्र रूपमा अघि बढेको छ । कार्यालय प्रमुख ई अधिकारीका अनुसार टुरिजम पार्कभित्रका करिब ९५ प्रतिशत काम सकिएको र बाँकी काम तीव्र रूपमा भइरहेको छ । कूल . सात करोड छ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको पार्कको काम चालु आर्थिक वर्ष २०८१र८२ को असारसम्ममा सकिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढ्ेको छ । कूलरू नौ करोड ५८ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो शिशु भवन निर्माण काम हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ ।
बहुवर्षीय योजनाका काममा विभिन्न केही कारणले बीचमा ढिलाइ भए पनि सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय भइहेको प्रमुख ई अधिकारीको कथन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन