+

सकिएन रविको बहस, आइतबार फेरि अदालत उपस्थित हुने

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा चलिरहेको सहकारी ठगी सम्बन्धी मुद्धाको बहस अझै सकिएन । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बुधबारदेखि शुरु भएको थुनछेक बहस शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । 


बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  जानकारी दिनुभएको छ । पूर्वगृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणको बयानका लागि  बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयानपछि  बिहीबारदेखि बहस थालिएको हो । 

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार शुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशिल पन्त र सुरेन्द्र थापाले बहस गर्नुभएको छ । 

उहाँहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नु हुनेछ । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै