
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ९ गते राति करिब १० बजेको समयमा बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो। हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो।
प्रहरीले माघ १० गते बिहान हत्यामा संलग्न भएको आरोपमा बालकलाई बारेकोटकै ताँसीस्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको तिमिल्सिनाले बताए । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ। अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन