+

रवि लामिछानेको सहकारी मुद्दामा रुपन्देही अदालतमा बहस जारी

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा थुनछेक बहस जारी छ । 


बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गएको बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यस लामिछाने बयान सकिएको थियो । बयान सकिएपछि त्यो मुद्धामा बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

अदालतमा अहिले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बहस गरिरहुनु भएको छ ।  वरिष्ठ अधिवक्ता  भण्डारी पछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्ने सूची छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै