
विराटनगर । अदालतले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको हो ।न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको उनलाई धरौटीमा छाड्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।
सूचना अधिकारी .बुढाथोकीका बिहीबार बयान र थुनछेक बहसपछि पोखरेलललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पोखरेल यही प्रकरणमा गएको २५ पुसमा पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन