+

पेट्रोलियम पदार्थबाट ६ महिनामा ३७ अर्ब राजस्व

पर्सा । चालु आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थबाट करिब ३७ अर्ब रुपैयाँ राजस्व उठेको छ । 


चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट  ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ)  र 

मट्टितेल आयात भएको छ । उल्लेखित परिणामको पेट्रोलियम पदार्थ आयात हुँदा त्यसबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार  रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

गत आवको त्यही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको ६ महिनामा  ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले उल्लेख गरेको छ । 

चालु आवको ६ महिनामा २ लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट  १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ । 

चालु आवको ६ महिनामा ८ अर्ब ९ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट १ अर्ब एक करोड तथा  ३६ करोड २० लाख रुपैया बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट  १० करोड रुपैयाँ राजस्व  सङ्कलन भएको जनाइएको छ । 

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको त्यही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै