
काठमाडौँ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । तराईका धेरै भू-भागहरूमा हुस्सु कुहिरो लागेको छ।
पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण ती क्षेत्रमा मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू- भागका थोरै स्थानहरू र गण्डकीको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशमा पनि आज रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली भइ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन