
सङ्खुवासभा। चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो ।
जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । विविध कारणले उत्पादन घटेपनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो । भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ । एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।
अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख १५ हजारमा बिक्री भइरहेको छ । जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।
अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।
यो परियोजना सङ्खुवासभाका १० स्थानीय तह र भोेजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन