
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्हरूले पूर्वका लाखौँ मानिसहरूले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ।
६ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो । संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमवर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ। पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १,५०० माइल (२,४०० किलोमिटर) क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ । एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ– ‘भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउँदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ।’
उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पूर्वानुमान निकायले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।
सन् २०२५ को पहिलो ठूलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ । कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाईपछि उडान पुनः शुरु भएको छ ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी