
काठमाडौँ । चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सकिने भएको छ ।
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी जाक्सा’ले जनाएको छ । जाक्साले सोमबार भनेको छ– टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।’
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो । जापानको अन्तरिक्ष यानको मिशनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्णरूपमा पुग्ने पाँचौं देश बनाएको हो ।
मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत उत्पादन नगरेको बताइएको थियो । जाक्साले भनेको छ– ‘हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्वीरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ । धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसुस गरिरहेका छौं र उत्साहित हुन थालेका छौँ ।’
जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै साता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ । ‘अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौं र हामी खुशी छौं कि अवतरण सफल भयो ।’
चन्द्रमामा पहिलो पटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानमध्ये स्लिम पनि एक हो । दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा