
काठमाडौँ । भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने भएको छ ।
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।
्बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आइसिसी प्रतियोगिता अन्य देशमा खेल्नेछ । यसको बारेमा अझै निर्णय हुन बाँकी छ ।
आइसिसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सन् २०२४–२०२७ को अधिकार चक्रमा आइसिसी प्रतियोगिताहरूमा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ । यो आगामी आइसिसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको) मा लागू हुनेछ ।’
यो सम्झौता भारतले आयोजना गर्ने आइसिसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलङ्काले आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउने छैन भनी भारतले आइसिसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ ।
तर पाकिस्तानले भने २०२३ को आइसिसी विश्वकपमा भारतमा खेलेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी