+

धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ

काठमाडौँ । साइबर अपराध कसूरको मुद्दामा धरौटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्को मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौ परिसरबाटै पक्राउ गरेको हो ।


यसअघि आजै जिल्ला अदालत काठमाण्डौले साइबर अपराध कसूरको मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् । प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट