
गण्डकी । निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ ।
समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले आज संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
कुलपति गुरूङले लामो समय विश्वविद्यालयको सेवामा रही निवृत्त रहेका प्राध्यापकको जीवनी तथा अनुभव समेटिएको पुस्तक शिक्षाप्रद बन्ने विश्वास व्यक्त गर्नुभयो । उच्च शैक्षिक क्षेत्र चिन्ताजनक भएको उल्लेख गर्दै उहाँले यसलाई सुधार गर्दै लगिने बताउनुभयो । विविधतायुक्त मुलुकलाई अझै राम्रो बनाउन सकिने बताउँदै उहाँले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले पुस्तक प्रकाशनमार्फत समाजले गरेको रचनात्मक कामको प्रशंसा गर्नुभयो । पुस्तकको समीक्षा गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मीले पुस्तकमा प्राध्यापकका जीवनका भोगाइ र अनुभव बहुरङ्गी बगैँचाका फूल जस्तै गरी प्रस्तुत भएको टिप्पणी गर्नुभयो । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले निवृत्त प्राध्यापकको परिचय र अनुभव समेटिएको पुस्तक प्रकाशनबाट विश्वविद्यालयमा प्राध्यापन गर्ने आउँदो पुस्ताका लागि पनि महत्त्वपूर्ण शिक्षा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजका उपाध्यक्ष प्रा पद्यशरण रेग्मी, सचिव एवं प्रधान सम्पादक प्राडा ज्ञानबहादुर कार्की, सहसम्पादक प्राडा कृष्णप्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्राडा यादव शर्मा गौडेल, प्राज्ञ रमेश श्रेष्ठ लगायतले प्रकाशित पुस्तक एवं अन्य विविध पक्षमा आ–आफ्ना धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी