
काठमाडौँ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित भएको छ । लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १ सय २० उडान प्रभावित भएका हु्न् ।
कुहिरो र अन्य परिचालन समस्याका कारण बुधबार ५३ उडान रद्द गरिएको घोषणा गरिएको थियो । ‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस) को तथ्याङ्कअनुसार १ सय २० प्रभावित उडानमा ४४ अन्तर्राष्ट्रिय ७६ आन्तरिक रहेका छन् । बुधबार बिहान ८ बजे एफआइडिएसको तथ्याङ्कअनुसार १ सय २० उडान प्रभावित भएका साथै कुहिरो र अन्य कारणहरूले गर्दा कूल ५३ उडान रद्द गरिएको छ । रद्ध गरिएका उडानमा ३७ आन्तरिक र १५ वटा अन्तर्राष्ट्रिय उडानहरू रहेका छन् ।
त्यस्तै दिल्ली जाने करिब २० वटा यात्रुवाहक रेल निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार बुधबार बिहान ५ः३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको छ ।
आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’