+

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

बाँके । नेपालगन्जमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नम्बर र ज ३ प ७१७१ नम्बरको मोटरसाइकल आइतबार राति एकापसमा ठोक्किँदा  नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पुष्कर पन्तले जानकारी दिनुभएको छ। 

उहाँका अनुसार दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते हुनुभएको छ । घाइते शेखको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि भारतको लखनऊ प्रेषण गरिएको छ । 
 
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गए राति नै मृत घोषणा गरेका थिए । लखनऊ प्रेषण गरिएका गम्भीर घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेकाले प्रमुख पन्तले बताउनुभयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै