
सिरहा । नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।
नयाँ वर्षको अवसर पारेर प्रत्यक वर्ष वैशाख १ गते लाग्ने मेलामा यसवर्ष पनि बिहानैदेखि हजारौँ भक्तजनको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा पर्ने यस फूलबारी परिसरको सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा यसवर्ष पनि सुनाखरी फूल फुलेको मेला समितिका अध्यक्ष जयकान्त चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब ९ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा मेला भर्न नेपाल तथा भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालू पूजापाठ गर्न आउँछन् ।
भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाउने, व्यापारिक ‘स्टल’ बनाउने र सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सयजना स्वयंसेवक खटाइएको छ, भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ ।’
सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ । आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामीले जानकारी दिनुभयो । उनै १४औँ शताब्दीका राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ ।
राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोग लगायतका समस्या हरण हुने जनविश्वास समेत रहेको छ ।
नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । तर पर्यटकको सङ्ख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन भने नसकिएको स्थानीय वीरेन्द्र चौधरीले बताउनुभयो ।
त्यसैगरी स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन सकिनेभएकाले यस क्षेत्रमा उचित ध्यान दिनुपर्ने उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाको भनाइ छ ।
यस एतिहासिक धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनको लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिएको छ । राजा सलहेशहको इतिहास शिलालेखमा उतार्नुको साथै पैदलमार्ग नेपाली सेनाले बनाइदिएको छ ।
त्यसैगरी फूलबारी परिसरमा दुई शौचालय, चार स्थानमा खानेपानीको धारा र फोहर सङ्कलनको लागि ‘डस्टबिन’को व्यवस्थापन गरेको छ, तर त्यो व्यवस्थापन भक्तजनका लागि अपर्याप्त नभएको जनगुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा